लिबिया पुगेकामध्ये १३ जना नेपाली कामदार फर्किए, ब्युरोले थाल्यो अनुसन्धान

काठमाडौं- इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसनको नेतृत्वमा द्धन्द्धग्रस्त लिबियामा फसेकामध्ये १३ नेपाली स्वदेश फर्किएका छन्। उनिहरु केही दिनअघि नेपाल फर्किएको जनाईएको छ।

उनिहरु फर्किएसँगै मानव बेचबिखन अपराध ब्युरोले अनुसन्धान सुरु गरेको छ। स्रोतका अनुसार फर्किएका सबै जना ब्युरोको सम्पर्कमा पुगेको र उनिहरु कसरी त्यहाँ पुगे भन्नेबार अनुसन्धान सुरु भएको जनाईएको छ। मानव तस्करको गिरोहले उनिहरुलाई त्यहाँ पुर्‍याएको प्रहरीको निष्कर्श छ।

लिबियासँग नेपालको श्रम सम्झौता छैन। लिबियामा आन्तरिक द्धन्द्ध चर्किएपछि त्यहाँ रहेका नेपालीहरु आर्मी क्याम्पमा पुगेका थिए।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्