सगरमाथाबाट चारजनाको शव सेनाद्वारा उद्धार

काठमाडौं-सगरमाथा आरोहणका क्रममा मृत्‍यु भएका चारजनाको शव नेपाली सेनाले उद्धार गरेको छ।

सेनाले एकजना रसिया र अरु तीनजना पहिचान नखुलेको आरोहीको शव बिहीबार उद्धार गरेर काठमाडौं ल्‍याएको हो।

यस वर्षभने सगरमाथाको चुचुरोमा १५० जनाले आरोहण सम्पन्न गरेको पर्यटन विभागकी पर्वातारोहण निर्देशक मीरा आचार्यले जानकारी दिइन् भनेयो सिजनमा अहिलेसम्म आरोहणको क्रममा ६ जनाको निधन र तीनजना बेपत्ता भएका छन्।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्