सिद्धूको ‘पाकिस्तान प्रेम’ ले कांग्रेसलाई नोक्सान भएको पञ्जाबका मुख्यमन्त्रीको आरोप

एजेन्सी– भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ। मतपरिणाम हेर्दा भारतीय जनता पार्टीको नेतृत्वको सरकार बन्ने निश्चित देखिएको छ।

कांग्रेसले अन्य राज्यको तुलनमा पञ्जावमा राम्रो प्र्दशन गरेकाे छ। पञ्जावको कुल १३ सिट मध्ये कांग्रसले तीनमा जित हात पारेको छ भने पाँचमा अग्रता लिएको छ। भाजपाले दुई सिट जितेको छ र दुईमा अग्रता लिएको छ।

विज्ञापन

यसका बावजुद पञ्जाबका मुख्यमन्त्री अमरिन्द्र सिंह कांग्रेसको प्रदर्शनबाट खुशी हुन सकेका छैनन्। उनले आफ्ना मन्त्री नवजोत सिंह सिद्धूको ‘पाकिस्तान प्रेम’ कारण पार्टीलाई नोक्सान भएको आरोप लगाएका छन्।

मुख्य मन्त्री सिंहले पत्रकारसँग कुरा गर्दै भने, ‘सिद्धूले पाकिस्तानका प्रधानसेनापति जावेद बाजवासँग अँगालो हालेको कुनै पनि भारतीयलाई राम्रो लागेको छैन।’ उनले यस्तो हर्कत कुनैपनि भारतीयले सहन नसक्ने बताए।

पाकिस्तानका प्रधानमन्त्री तथा पूर्व क्रिकेटर इमरान खानको शपथ ग्रहण समारोहमा सहभागि हुन पञ्जाव सरकारका मन्त्री सिद्धू व्यक्तिगत हैसियतमा पाकिस्तान गएका थिए। उक्त समारोहमा उनको भेट पाकिस्तानका सेना प्रमुख बाजवासँग भएको थियो। जहाँ उनले पाकिस्तानी सेना प्रमुखसँग अँगालो मारेका थिए। जसको भारतमा चर्को विरोध भएको थियो।

जेष्ठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्