जम्मु कस्मिरकी पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्ती पूर्व न्यायाधीशबाट पराजित

पिपुल्स डेमोक्रेटिक पार्टीकी अध्यक्ष तथा जम्मु कस्मिरकी पूर्वमुख्यमन्त्री मेहबुबा मुफ्तीले अनन्तनाग लोकसभा निर्वाचन क्षेत्रबाट पराजय व्यहोरेकी छन्।

जम्मु कस्मिर नेसनल कन्फरेन्सका पूर्वन्यायाधीश हस्नैन मसुदीसँग उनले पराजय व्यहोरेकी हुन्।

मुफ्तीले ३० हजार ५ सय २४ मत ल्याउँदा मसुदीले ४० हजार १ सय ८० मत ल्याएका छन्।

उता चर्चित कांग्रेस नेता मल्लिकार्जुन कार्गे कर्नाटकको गुलबर्ग निर्वाचन क्षेत्रबाट बिजेपीका उमेर जाधबसँग पराजित भएको निर्वाचन आयोगले जानकारी दिएको छ। उनी ९५ हजार ४ सय ५२ मतान्तरले पराजित भएका हुन्।
जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्