अमित शाह ५ लाख ५७ हजार मतान्तरले विजयी

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गान्धीनगर निर्वाचन क्षेत्रबाट ५ लाख ५७ हजार मतान्तरको विजय हासिल गरेका छन्।

उनले कांग्रेसका सीजे चड्डालाई हराएका हुन्।

शाहले ८ लाख ९४ मत पाउँदा चड्डाले ३ लाख ३७ हजार मत पाएका छन्।

उता उत्तर प्रदेशको पिलिभितमा भाजपाका बरुण गान्धीले समाजवादी पार्टीका हेमराज बर्मालाई २ लाख ५० हजार मतान्तरले हराएका छन्। यसअघि उक्त क्षेत्रमा केन्द्रीय मन्त्री तथा बरुणकी आमा मेनका गान्धीले जितेकी थिइन्।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्