मोदीले ४ लाख ८० हजार मतले जिते, सोनियाले पनि जोगाइन् आफ्नो सिट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसबाट ४ लाख ८० हजार मतान्तरले विजय हासिल गरेका छन्।

उनले समाजवादी पार्टीका शालिनी यादवलाई हराएका हुन्।

यसअघि २०१४ को चुनावमा उनले ३ लाख ७१ हजार ७ सय ८४ मतले विजय हासिल गरेका थिए। उनले अघिल्लो चुनावमा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई हराएका थिए।

उता उत्तर प्रदेशको राय बरेलीबाट कांग्रेस नेतृ सोनिया गान्धीले चुनाव जितेकी छन्। ्

उनले भाजपाका दिनेश प्रताप सिंहलाई हराएकी हुन्।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्