म्यानपावर व्यवसायीको चुनाव असार भित्रै

म्यानपावर व्यवसायी संघका प्राुख रोहन गुरुङ। तस्बिर: देशसञ्चार

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असार भित्रै हुने भएको छ। संघका अध्यक्ष रोहन गुरुङले बिहीबार विज्ञप्ती जारी गर्दै आगामी असार ३० गते कार्यकाल सकिने भएकाले कार्यकालभीत्रै अर्को निर्वाचन गर्ने व्यवसायीलाई जानकारी गराएका हुन्।

यसअघि नै निर्वाचन गराउने घोषणा गरेका अध्यक्ष गुरुङको घर तथा कार्यालयमा बम विस्फोट भएपछि  व्यवसायीकै आग्रहमा तत्कालका लागि निर्वाचन स्थगित गरेका थिए। गुरुङलाई व्यवसायीले अहिले अवस्था जटिल रहेको भन्दै यस्तो अवस्थामा निर्वाचन गर्न नहुने र सबै व्यवसायी एक भएर व्यवसायी हक हितका लागि लड्नु पर्ने बताएका थिए।

वैदेशिक रोाजगार व्यवसायीले आगामि भदौ १८ गतेसम्ममा थप धरौटी राख्नु पर्ने, मर्जर गर्नु पर्ने लगायतको समयसीमा तोकिएको छ। तर निर्वाचन पछि धकेल्दा संघको विधानविपरित हुने भन्दै कार्यकालभीत्रै निर्वाचन गर्ने अध्यक्ष गुरुङले घोषणा गरेका हुन्।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्