अजय देवगनको फिल्म ‘दे दे प्यार दे’ ले ७ दिनमा कमायो ६१ करोड

एजेन्सी– गत शुक्रबार देखि प्रदर्शनमा आएको अजय देवगनको फिल्म ‘दे दे प्यार दे’ ले बक्स अफिसमा पहिलो हप्ता ६१ करोडको व्यापार गरेको छ।

अकिव अली को निर्देशन रहेको फिल्म ‘दे दे प्यार दे’ ले पहिलो दिन गत शुक्रबार १०.४१ करोड, दोस्रो दिन १३.३९ करोड, तेस्रो दिन १४.७४ करोड, चौथो दिन ६.१९ करोड, पाचौँ दिन ६.१० करोड, छैठौँ दिन ५.७४ करोड र सातौँ दिन बिहीबार ४.४८ करोडको व्यापार गर्दै ६१.०५ करोडको आँकडा पार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

फिल्ममा अजय देवगन, तब्बु र रकुलप्रितको मूख्य भूमिका रहेको छ।

जेठ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्