‘सरकार मानव अधिकार आयोगकै अधिकार हनन् हुने गरी कानून बनाउन लागि पर्‍यो’

फाइल तस्बिर

काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाएका छन्।

शान्ति र विकासका लागि नागरिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुन बनाउने काम रिटायर्ड न्यायाधिशको हो? भन्‍न मिल्छ ? संसदमा सांसदहरुला थाहै नदिइकन विधेयक प्रस्तुत भएको छ। सरकारको यो कस्तो प्रकारको रबैया हो ? ‘

प्रवक्ता शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुने गरी सरकारले सो सम्बन्धि विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै आपत्ति पनि जनाए।

उनले सरकार बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य स्वदेशी आफैले गर्ने निर्णय उल्टयाएकोमा पनि आपत्ति जनाए। राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवद्र्धन गर्न पनि सरकार समक्ष नभएको उनको दावी छ।

जेठ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्