कांग्रेस शाषित तीन राज्यमा कांग्रेसको पत्तासाफ, ६५ मध्ये ३ सिट

पाँच महिनाअघि भएको विधानसभा निर्वाचनमा कांग्रेसको पोल्टामा गएका तीन राज्य मध्यप्रदेश, छत्तीसगढ र राजस्थानका ६५ मध्ये ६१ सिटमा भाजपा विजयी भएको छ।

भाजपाले मध्य प्रदेशमा २९ मध्ये २८ सिट,  राजस्थानमा २५ मध्ये २४ सिट र छत्तीसगढमा ११ मध्ये ९ सिटमा विजय प्राप्त गरेको हो।

कांग्रेस आफैँले शासन गरेका यी तीन राज्यमा पत्तासाफ भएको छ।

मध्यप्रदेशको छिन्दवारा सिट बल्लतल्ल कांग्रेसको पोल्टामा गएको छ। यहाँबाट मुख्यमन्त्री कमलनाथका छोरा नकुल कमलनाथ विजयी भएका छन्। कमलनाथले मुख्यमन्त्री बन्नका लागि पाँच महिनाअघि यो सिट खालि गरेका थिए। यद्यपि नकुलले ५ लाख ८६ हजार मत ल्याउँदा उनका प्रतिष्पर्धी भाजपा उम्मेदवारले ५ लाख ४८ हजार मत ल्याएका थिए। अघिल्लो चुनावमा भाजपाले हारेको गुना निर्वाचन क्षेत्र पनि यसपालि उसकै पोल्टामा परेको छ।

छत्तीसगढमा ११ मध्ये २ सिटमात्र कांग्रेसको पोल्टामा गएको छ।

राजस्थानमा त कांग्रे‍सले एउटै सिट पनि जित्न सकेन। भाजपाले २५ मध्ये २४ सिट जित्दा राष्ट्रिय लोकतान्त्रिक पार्टीका हनुमान बेनिवालले एउटा सिट जितेका हुन्।

जेष्ठ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्