मिस इन्डियाकी प्रतिष्पर्धी मिमी चक्रवर्तीले र्‍यालीमा भिडमात्र जम्मा पारिनन्, चुनावै जितेर देखाइदिइन्

एजेन्सी– कुनैपनि कलाकार राजनीतिमा आउनु ठूलो कुरा होइन। पहिलेदेखि नै कैयौँ कलाकार राजनीतिमा आइसकेका छन्। विशेषगरी उनीहरुको प्रयोग मानिसहरुलाई आकर्षित गर्न र भिड जम्मा पार्नका लागि गरिन्छ। यो भिडबाट कति भोट आउँछ त्यसको कुनै तथ्यांक छैन।

भारतीय लोकसभा निर्वाचनको केही दिनअघि मात्रै अभिनेत्री उर्मिला मातोडकरले भारतीय कांग्रेसमा प्रवेश गरेको खबर आयो। उर्मिला राष्ट्रिय स्तरकी कलाकार हुन्। यस कारण उनको यो खबरको चर्चा भारतभर भयो। तर स्थानीय र क्षेत्रीय स्तरमा पनि यस्ता कैयौँ स्टारहरु छन् जो राजनीतिमा होमिएका छन्।

यस्तै एक स्टार हुन्, मिमी चक्रवर्ती। उनी पश्चिम बंगालकी हुन्। उनको जन्म पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो। उनको परिवार केही समय अरुणचलमा बस्यो। केही समयपछि उनी फेरि परिवारको साथ जलपाइगुडी फर्केर मोडलिङ सुरु गरिन्, मिस इन्डियामा सहभागी पनि भइन्। त्यसपछि उनकाे अभिनय यात्रा सुरु भयो। उनले ‘गानेर ओपारे’ नामक सिरियलबाट अभियन यात्रा सुरु गरिन्। उक्त सिरियल ‘स्टार जलसा’ मा आउँथ्यो। जसमा उनले ‘पुपे’ को भूमिकाबाट दर्शकको मन जितेकी जितिन्।

त्यसपछि उनले कैयौँ फिल्महरुमा अभिनय गरिन् जसमा ‘धनन्जय’, ‘भिलेन’ र ‘मोन जाने ना’ लगायतका फिल्म रहेका छन्। पछि उनले गीत गाउन पनि सुरु गरिन् र उनको केहिसमय अगाडी सार्वजनिक भएको  गीतकाे भिडियो पनि मानिसहरुको बिचमा लोकप्रिय भयो।

उनी हालै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टिएमसी) पार्टीमा प्रवेश गरिन्। उनलार्ई तृणमुल कांग्रेसले जादवपुरबाट लोकसभा उम्मेदवार बनायो।

जादवपुरबाट चुनाव लडेकी मिमीको चुनावी र्‍यालीमा ठूलो भिड जम्मा हुने गरेको थियो। मिमी मनोरञ्जन क्षेत्रबाट भएको हुँदा चुनावी र्‍यालीहरुमा मानिसहरु आकर्षित हुनु स्वभाविक थियो। चुनावको नजिताले पनि  उनकाे लाेकप्रियताकाे पुष्टि गरेकाे छ।

जादवपुर निर्वाचन क्षेत्रमा सन् १९९८ मा तृणमुल कांग्रेसको पकड रहेको थियो। यस क्षेत्रबाट सन् २००४ को लोकसभा चुनावमा सीपीआईका डाक्टर सुजन चक्रवर्तीले चुनाव जितेका थिए। त्यसपछि सन् २००९ मा यहाँबाट तृणमुल कांग्रेस फेरी विजयी भएको थियो।

यसपटकका लोकसभा निर्वाचनमा मिमी चक्रवर्ती भारी मतका साथ विजय भएकी छन्। उनले भाजपाका अनुपम हजारालाई २ लाख ९५ हजार २ सय ३९ मतको अन्तरले पराजित गरेर लोकसभाको यात्रा तय गरेकी छन्।

मिमीले ६ लाख ८८ हजार ४ सय ७२ भोट पाइन् भने उनका निकटतम प्रतिद्वन्दी भाजपाका अनुपम हजाराले ३ लाख ९३ हजार २ सय ३३ भोट प्राप्त गरेका छन्।

जेठ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्