मलेसियाको सकरात्मक प्रतिक्रियापछि पुराना स्वास्थ्य संस्थाको पनि अनुगमन हुँदै

काठमाडौँ–मलेसिया सरकारले नेपाली कामदार जतिसक्दो चाँडो लैजाने र त्यसका लागि आवश्यक प्रक्रिया मिलाउने बचन दिएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य संस्था अनुुगमन सुरु गर्ने भएको छ।

यसअघि सूचिकरणका लागि दर्ता भएका स्वास्थ्य संस्थामा अनुगमन गरेको मन्त्रालयले सोमबारदेखि यसअघि नै सूचिकरण भइसकेका स्वास्थ्य संस्थामा पनि अनुगमन गर्ने भएको हो । यसअघि ९४ वटा स्वास्थ्य संस्थामा अनुुगमन गरिसकेको छ । मन्त्रालय अन्तरगतको विशेषज्ञ समितिले आगामि सोमबारदेखि गत पुसमा सूचिकरणको नविकरण भएका २ सय २६ वटा स्वास्थ्य संस्थाको अनुगमन सुरु गर्ने भएको हो ।

विज्ञापन

अनुुगमनपछि मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थालाई नेपाल सरकारले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न अनुमति दिनेछ। यसअघि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अुनमति ३७ वटा संस्थालाई मात्रै भएपनि श्रम मन्त्री गोकर्ण बिष्टले त्यो निर्णय खारेज गरिसकेका छन्।

मलेसियन दूतावासले तीनै स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्ने गरी पत्राचार गरेपछि मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारसँग बिहीबार मात्रै नयाँ स्वास्थ्य संस्थाले पनि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गर्न आग्रह गरिसकेको छ। मलेसियाका मानव संसाधन मन्त्रीले आगामि मंगलबार सम्मामा यष्स विषयमा निर्णय पुग्ने बताएका छन्।

नेपालले मलेसियाको प्राविधिक टोलीलाई जतिसक्दो छिटो पठाउन आग्रह पनि गरेको छ। मलेसियाले भने जतिसक्दो छिटो नेपाली कामदार पठाइदिन आग्रह गरेको छ। मलेसियासँगको छलफल सकारात्मक पाएपछि श्रम मन्त्रालयले पुराना स्वास्थ्य संस्थाको पनि अनुगमन सुरु गरेको हो ।

जेष्ठ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू