बदली तथा वर्षाको सम्भावना, कुन–कुन क्षेत्रमा ?

काठमाडौँ – देशका पहाडी क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही स्थान र मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्नेछ ।

यस्तै तराईका क्षेत्रको मौसम भने आंशिक बदली हुने मौसमविदले बताएका छन् । शनिबार राति देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । आंशिक बदली भए पनि गर्मी भने बढि नै हुनेछ ।

जेठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्