व्यवस्थित, आकर्षक र कलात्मक गुँड, तोप चरा बसोबासको एक झाँकी
फोटो फिचर
फोटो फिचर
शिल्प जीवि प्राणीको कुरा गर्दा चराहरु अगाडि आउँछन् । विभिन्न प्रजातिका चरामा अनेक शिल्प हुन्छन् । उनीहरुको सीप गुँडमा झल्किन्छ ।
हिलो माटोबाट चिटिक्कको गुँड बनाउने गौँथली हुन् या घाँसे मैदानमा सानो आकारको गुँड लगाउने फिस्टो चरा, सबैको शिल्प लोभलाग्दो हुन्छ । यस्तै कलात्मक गुँड बनाउने चरामा पर्छ तोप चरा ।
तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ र गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ । प्रायः गरि यो चराले ठूलो रुखमा सामूहिक रुपमा गुँड बनाउने गर्छन् ।
अहिले यो चराले बच्चा हुर्काइरहेको छ । तोप चरा रैथाने रहेको चराविदले बताएका छन् । यी चराहरु बच्चा हुर्काउने बेला पहाडी क्षेत्रमा पनि देखिने गर्छन् ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले काठमाडौँको भत्केपाटी क्षेत्रमा तोप चराका गुँडहरु केही तस्बिरमा समेटेका छन् ।