विमानस्थलमा कामिरिताको भव्य स्वागत (फोटोफिचर)

काठमाडौँ– एकै हप्तामा दुई पटक सगरमाथा चढेर फर्किएका कामिरिता शेर्पाको भव्य स्वागत गरिएको छ। बुधबार बिहान २३ औं पटक सगरमाथा आरोहण गरेका कामिरिता अर्को हप्ताको मंगलबार अर्को पटक सगरमाथामा पुगेका थिए।२४ औं पटक सगरमाथा आरोहण गरेका कामिरिता सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्ति हुन्।

कीर्तिमानी कामिरितालाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।उनलाई स्वागत गर्न विमानस्थलमा आफन्तसँगै सुभेच्छुक पुगेका थिए। 

जेठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्