सँगै सुतेकी श्रीमतीको मृत्यु, श्रीमान र नाति बेहोस अवस्थामा

काठमाडौँ – दार्चुलामा पसल सञ्चालन गरेर बसेकी एक महिलाको रहस्यमय मृत्यु भएको छ । उनीसँगै सुतेका श्रीमान र एक नाति बेहोस अवस्थामा फेला परेका छन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा महाकाली नगरपालिका ३ काटैकी द्रोपति महरा मृत फेला परेकी हुन भने उनका श्रीमान नरभान र एक नाति बेहोस अवस्थामा फेला परेका हुन् ।

बेहोस भएका नातिको आइतबार बिहान होस खुलेको छ भने नरभान अझै बेहोस रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना के कसरी भयो भन्ने बारे अनुसन्धान गरिरहेको छ । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्