बँदेलको आक्रमणबाट तीनजना घाइते

फाइल फोटो

बुटवल- रुपन्देहीको देवदह नगरपालिकामा बँदेलको आक्रमणबाट तीनजना घाइते भएका छन्।

देवदह नगरपालिका-७ यसोधरा पार्क, शितलनगरमा आइतबार बिहान बँदेलले आक्रमण गरेको हो।

आक्रमणमा परी घाइते हुनेहरुमा स्थानीय काशिराम गैरे, उनकी श्रीमती र एक जना पण्डित बाजे रहेका छन्।

घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्