घरमै यौन धन्दा! १३ वर्षे किशोरीको गर्भपतन, अभियुक्त फरार

साङ्केतिक तस्बिर।

नेपालगञ्ज– नेपालगञ्जमा यौन धन्दा फस्टाउँदो छ। सीमावर्ती शहर भएकाले प्रायः भारतीय ग्राहक यौनकर्मीको रोजाईमा पर्ने गरेका छन्।

यौन धन्दाका लागि होटल र कटेजमात्रै होइन, पछिल्लो दिनमा होमस्टे अझ सजिलो ठाउँ बनेको छ–सस्तो र भरपर्दो। घर नै भाडामा लिएर यौन धन्दा चलाउनेहरु पनि छन्। प्रहरीले बेला–बेलामा छापा मारेर यस्तालाई पक्राउ गरिरहेको छ। हुँदाहुँदै अब त घरमै यौनधन्दा चलाउने गरेको पनि बाहिर आउन थालेको छ।

विज्ञापन

केही दिनअघि नेपालगञ्जमा एउटा घटना बाहिर आयो– ‘१३ वर्षकी बालिकाको असुरक्षित गर्भपतन।’ बालिकाको ब्लडिङ भइरहेको थियो। घरमै तै चुप मै चुपको अवस्थामा रुवावासी भइरहेको थियो। गस्तीमा गएको प्रहरीले थाहा पायो। बालिकालाई अस्पताल पुर्‍यायो। रगतको व्यवस्था गरेर बालिकालाई बचायो। अस्पताल पुर्‍याउन केही घण्टामात्रै ढिला भएको भए बालिका ज्यान जोखिममा पर्ने सम्भावना थियो।

यी अवोध बालिका कसरी गर्भवती भइन्? भन्ने प्रश्न यतिबेला नेपालगञ्जमा चासोको विषय बनेको छ।

छिमेकी एक महिलाले चलाएको यौन धन्दामा बालिकालाई फसाइएको थियो। पैसाको लोभमा पारेर बालिकालाई यौनधन्दामा धकेल्ने काम भएको थियो। १३ वर्षकी बालिकाको ग्राहक २० देखि ५५ वर्षका थिए। बालिकाले दिएको किटानी जाहेरीमा २० देखि ५५ वर्षका चार जना परेका छन्। उनलाई यौन धन्दामा लगाउने महिला फरार छिन्।

बाँके प्रहरीले अभियुक्तहरुको खोजी गरिरहेको जनाएको छ। ‘१३ वर्षकी बालिकाको घटनामा किटानी जाहेरी परेको छ। अभियुक्तहरुलाई हामीले खोजी गरिरहेका छौँ’– बाँके प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले भने।

नेपालगञ्जमा देखावटी होटल या पसल थापेर यौन धन्दा गर्नेको त कमी छैन। न्यूरोडका केही यस्ता पसललाई प्रहरीले बन्द गराइसकेको छ। नामको होटल, काम यौन धन्दा गराउने बाइपास रोडको होटलम पनि प्रहरीको छापामा परेको थियो। ठूलो होटलमा साथी बनेर जाने यौनकर्मी त छ्याप्छ्याप्ती रहेका छन्। शहरका चोकचोकमा साँझपख नै ग्राहक कुरेर बसेको प्रष्ट देखिन्छन्।

ग्राहकको रोजाई भने किशोरीहरु हुने गरेको छ। व्यवसायिक रुपमा लागेका महिलाले पारिवारिक अवस्था कमजोर रहेका बालिकालाई यस्तोमा फसाउने गरेका छन्। कतिपय देखासिकी गर्न रुचाउने महत्वकांक्षी किशोरीहरु यस्ता महिलाको फन्दामा पर्ने गरेको प्रहरीले जनाएको छ।

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू