पेरुमा ८ म्याग्निच्युडको भूकम्प

पेरुमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पेरुको उत्तर–मध्य क्षेत्र केन्द्रविन्दु भएर ८ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था एपीले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान पौने तीन बजेतिर भूकम्प गएको हो । भूकम्पको गहिराई ११४ किलोमिटर रहेका जनाइएको छ ।

विज्ञापन

जमिनको तहबाट कम गहिराई केन्द्र रहेर गएको भूकम्पका कारण बढि क्षति हुन्छ । भूकम्पका कारण के–कति क्षति भयो भन्ने विवरण आएको छैन ।

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्