नक्कली सुन देखाएर ठगी गर्ने तीनजना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ-नक्कली सुन देखाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले रामेछाप घर भई भक्तपुर बस्ने २२ वर्षीय सुदीप सिलवाल, सिन्धुपालचोक घर भक्तपुर ठिमी बस्ने २५ वर्षिय शेरबहादुर डुम्जन र काभ्रे खार्पाचोक घरभई जडिबुटी बस्ने मुस्कान भन्ने सानु तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

विज्ञापन

प्रहरीले उनीहरुबाट नक्कली सुन १ केजि, ४२ हजार रुपैयाँ नगद, दुई थान स्कुटी र मोवाईल चार थान बरामद गरेको छ।

उनीहरुले गत वैशाख १९ गते राजकुमार पकुवालसँग १ किलो नक्कली सुन देखाई ३६ लाखमा डिल गरी २० लाख २१ हजार रुपैयाँ लिएर सुन पनि नदिएर फरार भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई काठमाडौँ परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरु १ किलो सुन देखाई ३६ लाख ठगी गर्न लागिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्