आर्मीद्वारा प्रदेश एक ११३ रनले पराजित, सुशनको ह्याट्रिक

फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार किर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा भएको खेलमा त्रिभूवन आर्मी क्लबले प्रदेश एकलाई ११३ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो। उसका लागि राजेश पुलामीले सर्वाधिक ५६, हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३० र करण केसीले २६ रनको योगदान दिए।

बलिङतर्फ प्रदेश एकका दिपेश कँडेलले तीन तथा मुकुन्द यादव, सिद्धान्त लोहनी र फिरदोस अन्सारीले समान दुई दुई विकेट र पुष्प थापाले १ विकेट लिए।

२ सय ५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश एकले २६ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै केवल ९१ रन मात्रै बनायाे। उसका लागि राजन मगरले सार्वाधिक २६, मुकुन्द यादवले १८ र रबि रोयले १० रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

प्रदेश एक लाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारीले तीन, करण केसीले दुई तथा जितेन्द्र मुखिया, हरीबहादुर चौहान र शहद आलमले एक–एक विकेट लिए।

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू