नेपाल पुलिसद्वारा कर्णाली प्रदेश ९४ रनले पराजित

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनाएको थियो। पुलिसका लागि दिलिपनाथले ७२ र कुशल भुर्तेलले ६२ रनको योगदान दिएपनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ कर्णाली प्रदेशका सुदन पोखरेलले सर्वाधिक पाँच विकेट, दिवान पुनले दुई र दिनेश अधिकारीले एक विकेट लिए।

१८६ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ गरेको कर्णालीले २७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन मात्रै बनाएको हो। उसका लागि सुशान्त थापाले २९, महेश खत्रीले १७ र दिनेश अधिकारीले १६ रन जोडेपनि अन्य ब्याट्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका आरिफ शेखले ४, ललित राजवंशीले ३ तथा दिपेन्द्रसिंह ऐरी, पवन सरार्फ र सागर ढकालले समान एक–एक विकेट लिए।

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्