राजधानीका दुई स्थानमा विस्फोट हुँदा तीनको मृत्यु

अनामनगरको घट्टेकुलोमा विष्फोटपछि सुरक्षा दिँदै प्रहरी। तस्बिर-देश सञ्‍चार

काठमाडौँ-  राजधानीका दुई स्थानमा आइतबार दिउँसो विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ।

सुकेधारा र घट्टेकुलोमा भएका विस्फोटमा तीन जनाको मृत्यु भएको हो। दुवै स्थानमा ग्यास सिलिन्डर विस्फोट भएको हो। घट्टेकुलो विस्फोटमा एकजना घाइतेको उपचार भइरहेको छ।

विस्फोटमा सुकेधारामा दुई जना र घट्टेकुलोमा एक जनाको  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्