राजधानीमा विस्फोट, तीनको मृत्यु

बम ‘बनाउँदा बनाउँदै’ विस्फोट, विप्लवको पर्चा भेटियो, सेना घटनास्थलमा

तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौं – राजधानीमा आइतबार अपरान्ह छुट्टाछुट्टै स्थानमा भएका दुई विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घट्टेकुलोमा घरभित्र भएको विस्फोटमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

घट्टेकुलोको घटनास्थलबाट प्रहरीले विप्लवको बन्द सफल पार्न आह्वान गरिएको पर्चासमेत फेला पारेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

प्रहरीले बम तयार गर्दैगर्दा विस्फोट भएको आशंका गरेको छ। सिलिन्डर पड्किएको प्रहरीको निष्कर्ष छ। बम डिस्पोज लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ।

यसैगरी सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीले दुवै घटना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सोमबारका लागि आह्वान गरेको नेपाल बन्दको तयारीका लागि विस्फोटक पदार्थ तयार गर्न क्रममा घटना भएको हुन सक्ने जनाएको छ। मृतक तीनै जनाको सनाखत हुन सकेको छैन। घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू