४५ एसपीको सरुवा : सोमेन्द्रसिंह राठोर पर्सा, दानबहादुर कार्की कास्की र दानबहादुर मल्ल चितवनमा

नेपाल प्रहरी हेडक्वार्टर।

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ४५ प्रहरी उपरिक्षक-एसपीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आईतबार साँझ निकालेको सरुवा अनुसार महानगरीय प्रहरी अपराध महाशाखामा रहेका सोमेन्द्रसिंह राठोरलाई पर्सामा पठाएको छ।

प्रहरी महानिरिक्षकको सचिवालयमा रहेका दानबहादुर कार्कीलाई कास्की प्रमुखको जिम्मेवारी दिईएको छ। नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’का पूर्व पीएसओ दानबहादुर मल्ललाई चितवन प्रमुखको जिम्मेवारी दिईएको छ।

मोरङमा बिश्व अधिकारी, चितवनमा दानबहादुर मल्ल, पाल्पामा श्यामकृष्ण अधिकारी, नवलपरासीमा लालमणी आचार्य, सुनसरीमा यज्ञविनोद पोखरेल, कैलालीमा सुदीप गिरि, सिराहा उमा चतुर्वेदी, काभ्रेमा जयराज सापकोटा, उदयपुरमा  वीर बहादुर बुढा, सप्तरीमा मनोज यादव, नवलपुरमा मोहन पोखरेल, भक्तपुरमा सविन प्रधान, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिरा पाण्डे, इटहरी ट्राफिकमा भिम दाहाल र  बुटवल ट्राफिकमा मधुसूदन लुइँटेललाई पठाईएको छ।

तराईका जिल्लामध्ये संवेदनशिल मानिने सिराहामा पठाईएका चतुर्वेदी यसअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीमा थिए।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्