घट्टेकुलो विस्फोटका घाइते केसी विप्लवका विद्यार्थी नेता, प्रहरी भन्छ ‘खतरामुक्त’

घट्टेकुलो बम विस्फोटस्थल।

काठमाडौं- काठमाडौंको अनामनगरमा आइतबार अपरान्ह भएको विस्फोटमा घाइते भएका रविन केसी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रहेको प्रहरीले जनाएको छ।

केसी त्रिचन्द्र क्याम्पसमा विप्लव समूहको विधार्थी संगठनका अध्यक्ष रहेको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए। उनका अनुसार रुकुम सानोभेरीका २६ वर्षीय रविन खतरामुक्त रहेका छन्। घट्टेकुलोको एउटा घरको कोठामा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने रविन घाइते भएका थिए। मृतकको सनाखत हुन सकेको छैन।

विज्ञापन

यसैगरी आइतबार अपरान्ह सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए। मृतकको सनाखत हुन सकेको छैन। सेैलुनमा विस्फोट भएको थियो। प्रहरीले त्यहाँ प्रेसर कुक बम विस्फोट भएको आशंका गरेको छ। दुवै घटनामा विप्लव समूहको संलग्ननता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्