मेघा बैंकको एटीएम अन्तराष्ट्रिय विमानस्थलमा

काठमाडौँ-मेघा बैंकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एटीएम सञ्चालनमा ल्याएको छ।

स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा सञ्चालनमा ल्याएको हो।

सन् २०२० को नेपाल भ्रमण बर्षलाई पनि ध्यानमा राखेर विमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको विश्वास छ।

देशभर १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट, ९९ वटा एटीएम र एक सय १९ वटा शाखारहित बैंकिङ सेवा छन्।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्