सानेपामा पनि बम, उपत्यकाका सात ठाउँमध्ये तीन ठाउँमा विष्फोट

सुकेधारा विस्फोटस्थल। तस्बिर- सुलभ श्रेष्ठ

काठमाडौँ- राजधानीमा आइतबार अपराह्न साढे चार बजेदेखि सुरु भएको बम आतंक राति साढे नौ बजेसम्म पनि जारी  छ।

आइतबार राति साढे नौ बजे सेनाको बम डिस्पोजल टोली सानेपा रिङरोडको  नयाँबाटो नजिक राखिएको कुकर बम डिस्पोज गरेको छ।

योसहित घट्टेकुलो, सुकेधारा, लगनखेल, सातदोबाटो, ग्वार्को, नागढु‌ंगा गरेर सात स्थानमा बम फेला परिसकेको छ। तीमध्ये घट्टेकुलो, सुकेधारा र नागढु‌गामा बम विस्फोट भए भने अन्य चार ठाउँका बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

सुकेधारा र घट्टेकुलोमा चार जनाको ज्यान गएको छ भने सात जना घाइते छन्। नागढुंगामा दुई जना घाइते भएका छन्।

घट्टेकुलोमा ज्यान गुमाउने विप्लव समूहकै नेता प्रज्ज्वल शाही रहेको प्रहरीले जानकारी दिएको छ।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्