बिस्फोटक पदार्थसहित विप्लव समूहका सातजना पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको कोटेश्वर नरेफाँटबाट बिस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार बेलुका गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् ।

उनीहरूका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।

जेठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्