लिगको अन्तिम खेलमा हार्‍यो युभेन्टस

इटालियन च्याम्पियन युभेन्टस सिरी ए फुटलब अन्तर्गत यो सिजनको अन्तिम खेलमा पराजित भयो । लिगका केही खेल बाँकी हुँदै उपाधि जितेको युभेन्टस आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा साम्पाडोरिएसँग २–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा साम्पाडोरिएका लागि ग्रेगोइरे फेफ्रेलले ८४ औँ तथा जिएन्लुका काप्रारीले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । क्रिष्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्टस पराजित भएको हो ।

प्रशिक्षक मासिमिलियानो एलेग्रीले अन्तिम खेलमा हार तथा लिग उपाधिसहित युभेन्टससँगको यात्रा टुंग्याएका छन् । उनले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने बताएका थिए ।

विगत पाँच वर्षमा उनले हरेक वर्ष सिरी ए र चार पटक कोपा इटालियाको उपाधि जिते । लिगका पाँच खेल अघि नै उपाधि पक्का गरेको युभेन्टसको ३८ खेलबाट ९० अंक भयो । यो सिजन उसले लिगमा २८ खेल जित्यो, ६ खेलमा बराबरी तथा चार खेलमा परातिज भयो ।

जेठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्