ललितपुरको हात्तीवन र भैँसेपाटीमामा बम, सेनाको टोली पुग्दै

काठमाडौँ – ललितपुरको हात्तीवनमा शंकास्पद बस्तु फेला परेको छ । बम जस्तै शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ । यस्तै ललिलतपुरको भैँसेपाटीमा पनि बम जस्तै शंकास्पद बस्तु फेला परेपछि डिस्पोजका लागि नेपाली सेनाको टोली पुग्दै छ ।

बिहानै बम जस्तै शंकास्दप बस्तु भेटिएपछि जनजीवन त्रस्त छ । आइतबार राजधानीका विभिन्न स्थानमा बम विस्फोट हुँदा चार जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए ।

शंकास्पद बस्तु भेटिएको क्षेत्रमा खटिएका सुरक्षाकर्मी । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
जेठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्