पत्रकार महासंघका अध्यक्ष चेतावनी, ‘हामी भातृ संगठनका कार्यकर्ता होइनौँ’

काठमाडौँ – नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया प्रति सत्तारुढ नेकपाको नीति गलत बन्दै गएको बताएका छन् ।

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल तथा सरकारका प्रवक्ता गोकुल बास्कोटा सहभागी कार्यक्रममा आचार्यले आफूहरुले सम्झाउँदा समेत सरकारले बेवास्ता गर्दै हिँडेको आरोप लगाए ।

१७ औँ कृष्ण सेन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा आचार्यले पत्रकारका संगठनहरु पार्टीका भातृ संगठन नभएको चेतावनी दिए ।

उनले भने, ‘पत्रकार महासंघसहितका संगठनहरु कुनै पार्टीका भातृ संगठन होइनन्, हामीलाई स्वतन्त्रता चाहिन्छ । ’

आचार्यले कृष्ण सेन लगायतका पत्रकारका हत्यारालाई कारबाही हुन नसक्नु विडम्बना रहेको बताए ।

जेष्ठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्