विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा !

बुटवल – बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई बुटवलमा भ्रष्टाचारी भन्दै पर्चा फालिएका छन् ।

नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब तीन सय पर्चा छरिएको हो ।

बालुवाटार जग्गामा मुछिएका पौडेललाई कारबाही गर्न माग.गर्दै पर्चा छरिएको नगर सभापति पाण्डेले बताए । बुटवल मण्डपमा पौडेलले बुटवल प्रर्दशनी केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचनअघि नै प्रदर्शनी केन्द्रको निर्माणको नक्सासमेत तयार भएको र बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको भन्दै नगरसभापति पाण्डेले अहिले प्रचारका लागि शिलान्यास गर्न लागिएको दाबी गरे । उनले कांग्रेस प्रदर्शनी केन्द्र निर्माणको पक्षमा रहेको बताए ।

जेठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्