हार्ने सोचको हत्या गर्ने उपन्यास ‘साढे ३ हत्या’

उपन्यासकार रुपक अधिकारीको उपन्यास 'साढे ३ हत्या' विमोचन समारोह।

उपन्यासकार रुपक अधिकारीले आफ्नो पहिलो उपन्यास ‘साढे ३ हत्या’ बजारमा ल्याएका छन्।

उनले केही दिनअघि आफ्नो पहिलो उपन्यास ‘साढे ३ हत्या’प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत प्रसाद उपाध्याय,  आफ्ना बुवा राजन अधिकारी, सिस्नुपानी नेपालका सचिब सरोज घिमिरे कर्कट कश्यप, रेडियोकर्मी अच्युत घिमिरे बुलबुलसहित संयुक्त रुपमा विमोचन गराएका हुन्।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि प्रा. जगत प्रसाद उपाध्याय, गीतकार उत्तम भौकाजी , रेडियोकर्मी अच्युत घिमिरे, सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले उपन्यासकार अधिकारीलाई शुभकामना दिएका थिए। सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले पुस्तकको समीक्षा गरेका थिए।

कार्यक्रममा लेखकले लेख्दाको अनुभव सुनाउँदै साढे ३ हत्या’ वास्तबमा कुनै जीवको हत्या नभएर हार्ने सोचको हत्या भएको बताए। कार्यक्रमको समापन लेखकका बुवाले गरेका थिए।

जेष्ठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्