कतारमा यी आठ काम गर्दै नगर्नुहोस्– नेपाली दूतावास

काठमाडौँ–कतारस्थित नेपाली दूतावासले कतारमा कार्यरत नेपालीलाई असामाजिक गतिविधि नगर्न आग्रह गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै नेपाली समुदायका केही व्यक्तिहरुले स्थानीय संस्कृति तथा नियम कानुन विपरित सार्वजनिक स्थलहरुमा असामाजिक रुपले प्रस्तुत हुने गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्ने, बेचविखन गर्ने, होहल्ला तथा झै झगडा गर्ने गरेको र त्यस उपर विभिन्न तह र तप्काबाट नकारात्मक टिप्पणी भएको पाइएको छ।

कतारको नियम कानुन विपरितका गतिविधि क्रियाकलाप गरे सम्बन्धित व्यक्तिले नै सजाय भोग्नु पर्ने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ। यस्ता गतिविधिले नेपालीको छवि विगार्ने पनि दूतावासले जनाएको छ।

यी हुन् सचेतना अपनाउनु पर्ने ८ बुँदा

 

जेष्ठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्