जोकोविच र नाडाल फ्रेन्च ओपनको दोस्रो चरणमा

विश्व बरियतामा शीर्ष दुई स्थानमा रहेका नोभाक जोकोविच र राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
विश्व नम्बर एक सर्बियाका जोकोविचले पोल्याण्डका हुबर्ट हुर्काक्जलाई ६–४, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन् ।
साबिक विजेता तथा दोस्रो बरियतामा स्पेनिस नाडालले जर्मन खेलाडी यानिक हान्फम्यानलाई ६–२, ६–१ र ६–३ को सेटमा पराजित गरेका हुन् ।
जोकोविच र नाडाल दुवैलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ ।