परदेशिएका सन्तानका अभिभावकको मर्म

‘…आउँछन् जहाज, आउँदैनन् छोराछोरी’

‘…आउँछन् जहाज, आउँदैनन् छोराछोरी’
+
-

काठमाडौँ – बाध्यता होस् या रहरले पुगेका हुन् परदेश उनीहरु । फर्किने कमै हुन्छन् । अधिकांश परदेशमै रुमलिन्छन् । यता घरदेशमा सन्तानको पर्खाईमा बसेका बुवाआमा भने उनीहरुकै सम्झनामा मुश्किलले दिनरात बिताउँछन् ।

बढ्दो उमेर, घरिघरि गरिरहने रोगको आक्रमणले गालिएका बुढापाकाहरु सन्तानको मुख हेर्न नपाई परलोक जाने हो कि भन्ने पिरमा हुन्छन् ।

हुन त परदेशमा रहेका सन्तानहरुका पीडा पनि आफ्नै होलान् । तर अभिभावकको पीडाको कथालाई सुमधुर लयमा समेटेर लोक तथा दोहोरी गायक शिशिर देवकोटाले नयाँ मार्मिक गीत ल्याएका छन् ‘छोरो अमेरिका छ’ ।

उच्च शिक्षा र अवसरका खोजीमा जापान तथा यूरोप र अमेरिकालगायत विभिन्न महादेश नै आफ्नो सपनाको संसार देख्ने तर आफ्ना आमाबाबुको अन्तिम सासमा नफर्कने युवा पुस्ताको प्रवृत्ति र समाजको परिवेशलाई गीतमा समेटिएको छ ।

रोइला (खेली) गायक देवकोटा र गायिका सम्झना भण्डारीले स्वर दिएको सो गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा रमेश बिजीको शब्द तथा देवकोटाको लय रहेको छ ।

अभिनेता नीर शाह, हिउँबाला गौतम, श्रीप्रसाद थापा र सोनी गुरुङलगायतको अभिनय रहेको सो गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । गीतमा जहाज आउने सन्तान नआउने, छोराछोरी भएर पनि नभए जस्तो महसुस गर्नु परेको पीडा समेटिएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष