अमेरिकी राजदूतको कुटनीतिक मर्यादा मिच्ने प्रयास

अन्तत : सुरु गरे गफगाफ कार्यक्रम

र्‍याण्डी डब्लु बेरी

नेपाल सरकारको सुझावलाई बेवास्ता गर्दै नेपालस्थित अमेरिकी राजदूत रेण्डी बेरीले ‘गफगाफ’ कार्यक्रम सामाजिक सञ्जालमार्फत सुरु गरेका छन्।

ट्विटरमा अमेरिकी राजदूतावासले पोस्ट् गरेको गफगाफ’ कार्यक्रमको भिडियोमा प्राची नामकी एक छात्राले अमेरिकामा पढ्न चाहने विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ भनी सोधेकी छन्।

त्यसको जवाफमा राजदूत बेरीले भनेका छन्, ‘अधिकाश विद्यार्थीले सुरुमै अधययन भिसाबारे सोध्छन् । जवकी वास्तवमा अमेरिकामा अध्ययन गर्ने प्रक्रियामा तयारी गर्नकै लागि निकै समय र परिश्रम लाग्छ । यदि तपाई सम्भावित विद्यार्थी हो भने तपाईलाई अमेरिकी दूतावासमा रहेको हाम्रो अमेरिकन सेन्टरमा आउनु र हाम्रा एजुकेसन युएसए सम्बन्धी सल्लाहाकारहरुसँग भेट्न प्रोत्साहित गर्छु ता की तपाईलाई अमेरिकामा अधययन गर्ने सम्बन्धी परीक्षा र तयारीबारे सही सूचना मिलोस।

मंगलबारसम्म एक लाख ६५ हजार फलोअर्स रहेको ट्वीटरमा राजदूत बेरीले गत साता ‘गफगाफ’ कार्यक्रम सुरु गर्ने घोषणा गरेलगत्तै परराष्ट्रमन्त्रालयले त्यस्ता गतिविधि कुटनीतिक मर्यादा विपरित भएको बताएको थियो।

परराष्ट्रसचिव शंकरराज बैरागीले राजदूत बेरीलाई भेटेर नेपालको कुटनीतिक मर्यादा विपरित हुने मान्यता प्रस्तुत गर्दै उनलाई त्यो कार्यक्रमबाट पछि हट्न सुझाव दिएका थिए।

बेरीको यो कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा पनि आलोचना तिव्र बनेको छ।

तर सरकारका तर्फबाट यो कदमले नेपालमा अमेरिकाप्रति नकारात्मक धारणा बन्न सक्छ भनेपछि बेरीले उनी जे गर्दै छन् त्यो ‘पव्लिक डिप्लोमेसी’को एउटा रुप मात्रै भएको र र त्यसबाट कुनै विवाद उत्पन्न गर्ने मनसाय नभएको जवाफ दिएको बुझिएको छ।

जेष्ठ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्