आर्थिक वर्ष २०७६/७७ को बजेटबाट के अपेक्षा राख्छन् नागरिक?

आर्थिक वर्ष २०७६/७७ को बजेटबाट के अपेक्षा राख्छन् नागरिक?

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७६‍/७७ का लागि बुधबार बजेट भाषण गर्ने भएको छ। यस बजेटमाथि नागरिकका थुप्रै अपेक्षा छन्। राजधानीका विभिन्न स्थानका नागरिकलाई हामीले यो बजेटमाथि तपाईको के अपेक्षा छ भनेर प्रश्न सोधेका छौँ।

पदमसिंह साउँद

सुदूरश्चिमका राजमार्गका सडकहरुलाई फराकिलो तरिकाले निर्माण गर्नुपर्‍यो। प्रदेश नं. ७ र ६ लाई जोड्ने सडकलाई राम्रो बनाउनुपर्छ। यसका साथै केन्द्र सम्म पुग्ने सडकको सुधार हुनु जरुरी छ।

केदार काफ्ले

विशेषगरी यो सरकार आएपछि महङगी बढेको छ। यो बजेट सार्वजनिक भएपछि सरकारले महङगी नियन्त्रण गर्न जरुरी छ। अहिले सरकारको उद्देश्य नै भष्ट्रचार गर्ने जस्तो देखिन्छ। शान्ति सुरक्षामा पनि ध्यान दिनु पर्ने भएको छ। मन्त्री, सांसदहरु बढी सुविधा मुखी भएका छन्। यस्तै खानेपानीको समस्या पनि छिट्टै समाधान हुनुपर्‍यो।

कल्पना भण्डारी
नयाँ बजेटले बाटोघाटो राम्रो बनाउनु गर्‍यो। नुवाकोटमा बर्खामा बाटो नै बन्द गर्नु पर्ने हुन्छ। घन्टौ जाम हुन्छ। विशेष यस समस्यालाई नयाँ बजेटे समाधान गर्ने अपेक्षा लिएका छौं।

पूजा तुलाधर
यस आर्थिक वर्षको बजेटले विशेष अस्पतालहरु स्वास्थ्य सेवा सम्बन्धी हेर्न जरुरी छ। किनभने गरिब जनताहरुले राम्रो स्वास्थ्य सेवा पाएका हुदैनन्। उनीहरुका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्यो।

 

शिवराज बुढाथोकी

पहिलेका बजेट जस्तै यस बजेटसँग पनि हामीले अपेक्षा गरेका छौ र यसलाई सकरात्मक रुपमा पनि लिएका छौ। तर यस बजेटले युवाहरुका लागि रोजगारिका अवसहरु सृजना गरोस्। विभिन्न सिपमूलक तालिमको व्यवस्था गर्ने अपेक्षा लिएका छौ। यस बजेट सँग काम गर्न विदेश गएका दाजुभाइ दिदीबहिनीले थुप्रै अपेक्षा गरेका छन्। उनीहरुको अपेक्षा पनि पुरा हुनु पर्यो।

दुर्गाप्रसाद रजोरिया

यस वर्षको बजेट सबै जनताका सुविधा हुने गरि सार्वजनिक गर्नु गर्यो। पछिल्लो वर्षको बजेटमा निर्माण गर्ने भनिएका सडकहरु पनि त्यतिकै अलपत्र छन्। ती सडकहरु ध्वस्त भएका छन्। यो वर्षको बजेटले स्वास्थ्य, खानेपानी र बाटोघाटोको विकास हुनु पर्यो।

युवराज खत्री

देशको सम्पूर्ण पूर्वाधारको विकास गर्ने भनेको शिक्षा नै हो। शिक्षा देश विकासको मूलजरा हो। त्यसैले यस वर्षको बजेटमा शिक्षाका लागि राम्रो बजेट आउनु जरुरी छ।

गर्तवर्षको बजेटमा शिक्षामा १० प्रतिशत मात्र बजेट छुट्याइयो त्यो पनि अन्य क्षेत्रसँग समावेश गराएर। शिक्षा क्षेत्रमा बजेट कम भएको देखिन्छ। त्यसैले शिक्षा क्षेत्रमा कम्तीमा पनि २० प्रतिशत छुट्याउन पर्ने देखिन्छ।

महन्त महर्जन
जनताका समस्या सुधार हुने किसिमका बजेट ल्याउनु पर्यो। यस वर्षको बजेटले रोजगारिका अवसरको सृजना गर्नु पर्यो। त्यस्तै खानेपानीको समस्या समाधान गर्नु पर्यो। तर यो समस्या यो वर्षको मात्र होइन। वर्षौ–वर्षाैको समस्या हुन्। यसलाई समाधान गर्न जरुरी छ।

जेष्ठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्