फोटो फिचर

टुँडिखेलमा गणतन्त्र दिवसको उत्सव

१२ औँ गणतन्त्र दिवस बुधबार विविध कार्यक्रम गरी मनाइँदै छ । शासन व्यवस्था परिवर्तन भएर नेपाल गणतन्त्रात्मक मुलुक भएको ११ वर्ष पूरा भएको उपलक्ष्यमा बुधबार काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु कुटनीतिक नियोगका प्रमुख तथा सुरक्षा निकायका उच्च पदाधिकारीको उपस्थितिमा गणतन्त्र दिवसको विशेष कार्यक्रम आयोजना भएको हो । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी लयागतले विभिन्न कला कौशलको प्रस्तुती देखाएका थिए । सेनाको टोलीले आतिसबाजी समेत गरेको थियो ।

२०६२–०६३ को जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ का दिन गणतन्त्र दिवस मनाउने गरिन्छ ।