बैंकले बनाइदियो बाख्राको लागि खोर !

दाङ-बाख्राको लागि बैकले खोर निर्माण गरिएको छ। लमही नगरपालिका वडा नं. ९ हर्दवा निवासी पाख्रा पालक किसान रुद्रबहादुर पुनले बाख्रा पाल्नको लागि बैकले खोर निर्माण गरेका हुन्। यो खोरमा एक सय ५० ओटा बाख्रा अटाउन सक्ने उनले बताए। उनीसँग अहिले ९० ओटा बाख्रा छन्।

हर्दवा गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपंक्षी पुनले बाख्रा व्यवसायलाई बढाउने योजनाका साथ ठूलो बैकले खोर निर्माण गर्नु भएको हो।‘बाख्रा थप्ने बिचामार छु। बाख्राको मल स्याहार्न बैकले खोर बनाएको हुँ’उनले भने–‘बाख्रा पाल्न मिहिनेत धेरै लाग्छ। लगनका साथ गर्ने हो भने बार्षिक ५–६ लाख कमाउन गाह्रो छैन्।’

बाख्रा खोर सुधार र प्रदर्शनको लागी एक लाख बजेट बाट खोर निर्माण गरेका छन् ।‘स्मार्ट कृषि गाउँ कार्यक्रमबाट एक लाख बजेट आएको छ । मेरो त एक लाख भन्दा बढी खर्च भैसकेको छ’उनले भने–‘एक लाख भन्दा थप खर्च व्यक्तीगत रुपमा लगाउछु।’

हर्दवा गाउँ बाख्रा पालन र कागती खेतीमा पहिले देखि नै संलग्न गाउँ हो। तर, परम्परागत रुपमा हुदै आएको कृषि कर्मलाई वदल्न स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछी आधुनिक प्रणालीबाट बाख्रा पालन र कागती खेती थालिएको छ।

तीन ओटा ठूला बाख्राको खोर तयार हुदैछन्। स्मार्ट कृषि गाउँ अवलोकन गर्न आउनेहरुको लागी प्रेरणा प्रदान गर्न नमुना खोर तयार पार्न थालिएको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक अम्मर कवर नविनले बताए।

बाख्रा वाट आम्दानीको स्रोत बढाउन सकिने भएकाले उन्नत जातको बाख्राको व्यवसायीक पालनमा जोड दिनुपर्ने प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताए। उनले बाख्रा पाल्न तयार पारिएको बैकले खोरको अवलोकन र किसान संग छलफल समेत गरेका छन्।

जेठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्