गरिब,दलित र कर्णालीका बालबालिकालाई १ अर्ब ६४ करोड

काठमाडौँ-सरकारले गरिब,दलित र कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०७६।७७ को बजेट प्रस्तुत  गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले गरिब, दलित र कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको हो।

विनियोजन भएको सो रकम गरिब, दलित र कर्णाली बादलबालिकालाई मध्यनजर गरी छुट्याएको अर्थमन्त्री डा.खतिवडाले बताए।

यसका साथै उक्त रकम तीन लाख बालबालिका रहेको दलित बालबालिका लागि पहुँच पुर्‍याउने अर्थमन्त्री डा.युवराज खतिवडाले बताए।

जेठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्