छिमेकी बालकको बली चढाएर हत्या, झाँक्री पक्राउ

वीरगञ्ज– धनुषामा बालकलाई बली चढाएर हत्या गर्ने एक जना झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ।

मिथिला नगरपालिका वडा नम्बर ६ का शत्रुधन शाहका साढे दुई वर्षी छोरा आर्यन साहको बली चढाउने साेहि ठाउँका ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरी पक्राउ लेगरेको हो।

बालकको बली चढाउने महतोलाई धनुषा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

अन्धविश्वासका कारण आफूलाई शक्तिशाली बनाउन महतोले बालकको बली दिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाकारी दिए।

आफ्नै घरबाट गएको वैशाख–२३ गतेदेखि हराएका बालक आर्यन साह भोलीपल्ट मृत अवस्थामा फेला परेका थिए।

वैशाख २३ गते बालककी आमा घाँस काट्न खेतमा भएको समयमा आफूलाई झाँक्री बताउने महतोले बालकलाई ललाई–फकाई आफ्नो घर लगेर राखी सोही रात दुई बजेको समयमा महतोले बालकको हत्या गरी छिमेकीको झाडीमा फालेका थिए।

अनुसन्धानको क्रममा प्रहरीले ६५ जनालाई नियन्त्रणमा लिएर सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा महतोको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो। महातोले आफ्नो घरको आँगनमा देवी देवताको नाममा धारिलो हतियारले बालकको घाँटी रेटेर हत्या गरेका थिए।

पहिलेदेखि ने झाँकीको काम गर्दै आएका महतोको घर र बालकको घर नजिकै थियो। महतोले मृतक बालकलाई कहिलेकाँही बिरामी पर्दा झारफुक समेत गर्ने गरेका थिए।

मृतक बालक शत्रुधन शाहका एक्ला छोरा हुन्। साह भने वैदेशिक रोजगरीको क्रममा विदेशमा छन्।

पक्राउ परेका झाँत्री महतोमाथि अपहरण, शरीर बन्धक तथा हत्या आरोपमा कर्तव्यज्यान मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरी उपरीक्षक खनालले बताए।

जेठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्