यातायातका सुब्बासहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

विशेष अदालत।

वीरगञ्ज– यातायात व्यवस्था कार्यालय, वीरगञ्जका नायब सुब्बा बद्रिप्रसाद दाहाल सहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जका सुब्बा दाहालसहित लेखापढीको काम गर्ने रोशनकुमार रौनियार र सुनिल कुमार यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे।

सुब्बा दाहालसहित लखापढी व्यवसायी रौनियार र यादवले स्काभेटरको लाइसेन्स बनाईदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो।

अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले रौनियार र यादवलाई सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

उनीहरुले घुस लिएको पुष्टी भएकोले तीनैजना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

जेठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्