आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

फाइल तस्बिर

काठमाडौँ – देशका पूर्वी र मध्य भूभाग र पश्चिमी पहाडी भूभागमा शुक्रबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी बाहेक अन्य स्थानको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

विज्ञापन

देशका पूर्वी र मध्य भूभागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

जेष्ठ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू