उच्च पहाडी तथा हिमाली क्षेत्र सुन्दर भू खण्ड वा प्राकृतिक मनोरम दृश्यका लागि मात्रै परिचित त हुन्छन् नै । ती क्षेत्रको परिचयको अर्को पाटो त्यहाँका बासिन्दाको जनजीविका पनि हो । यहि जीविकाको प्रमुख पक्ष हो, खेती ।

तराई या पहाडी क्षेत्रमा जस्तो खेतीपातीमा विविधता उच्च पहाडी या हिमाली क्षेत्रमा हुँदैन । यी क्षेत्रमा सीमित बालीहरु मात्रै उत्पादन हुने गर्छ । उच्च पहाडी या हिमाली क्षेत्रमा उत्पादन हुने सीमित बालीमा पर्छ आलु ।

विज्ञापन

तराईदेखि पहाडी क्षेत्रमा उत्पादन हुने आलु उच्च पहाडी तथा हिमाली क्षेत्रको प्रमुख बाली हो । हिमाली क्षेत्रको आलुका स्वाद मिठो नमान्नेहरु शायदै होलान् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका बारीहरु आलु बालीले ढाकिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको बस्ती लुक्लाका बारीहरुमा अहिले आलु फुलेका छन् । किसानहरु आलुका सेता र निला फूलहरुमा रमाएका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही दिनअघि लुक्ला गएका बेला आलु बाली र किसानका गतिविधिका केही तस्बिरहरु खिचेकी छन् ।