विश्व धूमपानरहित दिवस नेपालमा पनि मनाइयो

तस्बिर: शुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – धूमपान नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व धूमपानरहित दिवस मनाइएको छ । यसै अवसर पारेर शुक्रबार बिहान काठमाडौँमा विभिन्न स्वास्थ्य संस्थाहरुको अगुवाईमा प्रभात फेरी कार्यक्रम पनि आयोजना गरियो ।

काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, वीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर समापन गरिएको थियो ।

विज्ञापन

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संघका अध्यक्ष दिवाकर राजराजकर्णिकारले धुम्रपान नियन्त्रणका लागि हरेकलाई पहल गर्न आह्वान गरे ।

उनले क्यान्सरजस्ता प्राणघातक रोग लाग्ने धुम्रपान नियन्त्रणका लागि घरघरबाटै पहल गनुपर्ने पनि स्पष्ट पारे ।

चिकित्सकहरुले धुम्रपान नियन्त्रणका लागि यसको उत्पादननै बन्द गराउन पहल गर्न पनि सबै समूदायलाई आह्वान गर्दै आएका छन् ।

प्रभातफेरीमा स्वास्थ्यकर्मी, कलेज तथा विद्यालय तहका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले ‘धूमपानको खेती, जीवनको क्षति’, ‘धूमपानले लिन्छ ज्यान’ लगायतका जनचेतनामूलक सन्देश लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

जेष्ठ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्