प्रचण्डको समर्थनमा उत्रिए बामदेव

सरकार परिवर्तन नभएमा पार्टी एकतामा असर पर्ने चेतावनी

काठमाडौँ — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अबको १५ महिनापछि पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले सत्ता छोड्नु पर्ने अभिव्यक्ति दिएको दुई दिनपछि पार्टीका नेता वामदेव गौतमले सरकार परिवर्तन नभएमा पार्टी एकतामा असर पर्न सक्ने चेतावनी दिएका छन्।

बुधबार एक टेलिभिजन अन्तवार्तामा प्रचण्डले आफू र ओलीबीच आलोपालो सरकार चलाउने सहमति भएको र त्यो ओलीले नतोड्नेमा आफू विश्वस्त रहेको अभिव्यक्ति दिएका थिए।

विज्ञापन

प्रचण्डको अभिव्यक्तिलाई समर्थन गर्दै नेता गौतमले प्युठान पुगेर सरकार चेतावनी शैलीमा भने,‘ सहमति उल्लङ्घन गर्दा पार्टी एकता विथोलिन सक्छ। त्यसमा सचेत हुनुपर्छ।’

गौतमको अभिव्यक्ति प्रधानमन्त्री ओलीमाथि लक्षित भएको बुझ्न कठिन छैन।

प्रेस संगठनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले त्यस्तो अभिव्यक्ति दिएका हुन्।

गौतमको यो अभिव्यक्तिसँगै नेकपामा सरकारको नेतृत्वलाई लिएर विवाद सतहमा आउने संकेत देखापरेको छ।
सरकारको नेतृत्वको मामिलामा प्रचण्डसँग मिल्दो अभिव्यक्ति दिएका गौतमले सरकारले हालै ल्याएको बजेटको भने समर्थन गरेका गरेका छन्।

उनले ओली सरकारले ल्याएको बजेट जनपक्षीय भएको भन्दै गौतमले टिप्पणी गरेका छन्।

जेष्ठ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू