नेपालको पर्यावरणीय विविधताको झल्को रहेक फरक बस्तीहरुमा  देख्न पाइन्छ । तराईदेखि मध्य पहाडसम्म अहिले गर्मी छ र त्यही गर्मीमा पनि भिन्नता छ ।

तर माथिल्लो पहाड र हिमाली क्षेत्रमा भने जाडो नै छ, त्यहाँका बासिन्दालाई भने जाडो केही कम हुने बेला हो यो । र यो मौसम आगन्तुक अर्थात पाहुनाहरु बढी आउने समय पनि हो ।

विज्ञापन

यस्तै परिवेशको झल्को लुक्ला क्षेत्रमा देख्न पाइन्छ यो बेला । लुक्ला क्षेत्रमा स्वदेशी तथा विदेशीको पाहुनाको चहलपहल छ । स्थानीय बासिन्दाहरु खेतीपातीसहितका आफ्ना दैनिक कामकाजमा व्यस्त देखिन्छन् ।

भरियाहरुले पाहुनाका सामान बोकेर गन्तव्य लागेको या थकाई मार्दै गरेको देखिन्छ । हिमालको काखमा रहेका बस्तीमा बालबालिका खेल्दै गरेका या स्कूल जाँदै गरेका देखिन्छ । पाहुनाहरुका आँखामा चिसो बतास र सेतो हिमालको काखमा बसेको मनोरम बस्तीमा रंगिएको देखिन्छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही दिनअघि लुक्ला गएका बेला सो क्षेत्रको जनजीविका र परिवेशलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

जेष्ठ १८, २०७६ मा प्रकाशित