विराटनगरमा निःशुल्क पाठेघर परिक्षण शिविर, उपमेयर कार्की पनि सहभागि

मोरङ– स्वास्थ्यबारे आफै सचेत रहनुपर्ने आवश्यकता रहेको जनाउँदै विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले पाठेघर परिक्षण आफैबाट सुरु गरेकी छिन्।

विराटनगर महानगरपालिकाको ४ नम्बर वडाका महिलालाई लक्षित गरि आयोजित निःशुल्क पाठेघर परिक्षण शिविरमा उपमेयर कार्कीले स्वास्थ्यबारे आफै सचेत हुनुपर्नेमा जोड दिएकी थिइन्।

जियर शैक्षिक संस्था विकास, तरंगिणी शाखा मोरङद्वारा आयोजित शिविरमा सो वडाको करिब १ सय ५० जना महिलाहरुले पाठेघर परिक्षण गराएका थिए।

शिविरमा क्रोलोस्कोपी मेसिनद्धारा महिलाहरुको पाठेघरको परिक्षण गरिएको थियो। अधिकांश महिलाहरुमा पाठेघरको समस्या देखिने भएकोले महिलाहरुलाई लक्षित गरी शिविर संचालन गरिएको संस्थाका अध्यक्ष युवराज धितालले जानकारी दिए।

शिविरका क्रममा महानगरका मेयर भीम पराजुलीले विराटनगर महानगरको सहयोगमा १९ वटा वार्डमा स्वास्थ्य शिविर सेवा राखिने बताएका थिए।

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्